दफा १२८
सरकारी बाँकी सरह असुल उपर गरिने
यस ऐनबमोजिम अदालती कारबाही गर्दा लागेको जरिवाना असुल उपर गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई लेखी पठाउन
सकिनेछ । त्यसरी लेखी आएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले प्रचलित नेपाल कानुन बमोजिम सरकारी बाँकी सरह असुल उपर गरी सम्बन्धित विभागमा पठाउनु पर्नेछ ।